वेबटिभी खबर
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमन गरी पाटन अप्टिकल नाम रहेको चस्मा पसल सिल गरेको छ ।
चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी लगायतको गैरकानुनी कामको अनुगमन गर्न हिँडेको सो टोलीले आज चस्मा पसलको नाम राखेर जुत्ता तथा चप्पल एवम् बच्चाको कपडा आदि बिक्री वितरण गरेको पाएपछि सिल गरेको हो ।
ललितपुरका सहायक प्रजिअ हरिप्रसाद पन्तले भने, ‘नाम एउटा काम अर्को गर्ने भएसँगै कारबाही गरियो ।’ सो अप्टिकललाई सात दिनभित्र कागजपत्रसहित प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको पन्तको भनाइ छ ।
साथै उक्त अनुगमन टोलीले आज पाटन अस्पताल परिसरमा सञ्चालन भइरहेको प्राप्ति चमेना गृहलाई पनि २० हजार जरिवाना गराएको छ ।
गृहको भान्छा असाध्यै फोहर भएसँगै त्यहाँ बिक्री गर्न राखिएका दही तथा दुनोट र सैंडविचमा उत्पादनका साथै सकिने म्याद उल्लेख नभएका कारण उक्त मूल्य बराबरको रकम जरिवाना गरिएको पन्तलेजानकारी दिए ।
ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले सरकारले हिजो जारी गरेको निर्देशनअनुसार बजार अनुगमन थालिएको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij