Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

जनसंख्याको आधारमा उम्मेदवार उठाउने कानुन चाहियो : सांसद थापा

जनसंख्याको आधारमा उम्मेदवार उठाउने कानुन चाहियो : सांसद थापा

  • 329
    SHARES
  • जनसंख्याको आधारमा उम्मेदवार उठाउने कानुन चाहियो : सांसद  थापा

    काठमाडौं । सांसद अमृता थापाले संघीय संसदको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा जनसंख्याको आधारमा उम्मेदवार चयन गर्न माग गरेकी छन् ।

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा यस सम्बन्धी जरूरी सार्जजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो माग गरेकी हुन ।

    उनले भनिन्, ‘प्रत्यक्ष (पहिलो हुने निर्वाचन प्रणाली अन्तरगत उम्मेदवारी दिँदा)मा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्ने व्यवस्था आवश्यक छ ।’

    स्थानीय तहको निर्वाचनमा प्रमुख अध्यक्ष, उपप्रमुख उपाध्यक्ष, वडाध्यक्ष, जिसस प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तिमा ५० प्रतिशत महिला उम्मेदवारी दिनुपर्ने उनको माग छ ।

    यी दुबै माग सम्बोधन गर्न प्रचलित निर्वाचन सम्बन्धी कानुनहरु संशोधन गर्नुपर्ने उनको माग छ । प्रत्यक्षमा पुरुष मात्रै र समानुपातिकमा महिला मात्रै जस्तो हुन गएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याउनु परेको उनको भनाइ छ ।

    अन्यथा निर्वाचन प्रणालीबारे गलत मानसिकता बस्न जान सक्ने उनको चिन्ता रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij