Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारको ध्यानाकर्षण

पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारको ध्यानाकर्षण

  • 397
    SHARES
  • पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारको ध्यानाकर्षण

    काठमाडौं । सांसदहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको भन्दै नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरि तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

    राष्ट्रियसभाको साेमबार बसेकाे बैठकको विशेष समयमा बोल्ने सांसदहरूले भारतबाट पनि पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटेर आइसकेको तर नेपालमा मूल्य समायोजन नभएको भन्दै तत्काल मूल्य घटाउन सरकारको ध्यानार्षण गराएका हुन् ।

    बैठकमा सांसद दिलकुमारी रावल थापाले वर्तमान सरकारले जनताका समस्याप्रति कम चासो दिएको आरोप लगाउँदै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

    अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा र घट्दा सोही अनुसार समायोजन हुनुपर्नेमा हाल दुई/दुई पटक मूल्य घटेको तर नेपाल आयल निगमले किन मूल्य नघटाएको ? भनी उनले प्रश्न गरिन् ।

    सांसद दिपा गुरूङले राज्यले युवालाई सही दिशा दिन नसके युवावर्ग विकृतिको शिकार हुनसक्ने बताउँदै खेलकुद मन्त्रालयको बजेट कम भएको टिप्पणी गरे । खेलकुद विकास र समृद्धिको परिचायक भएको बताउँदै उनले सरकारले खेलाडीलाई सम्मान गर्ने गरि हौसला बढाउने कार्य गर्नुपर्नेमा जोड दिइन् ।

    सांसद खिमलाल देवकोटाले सुशासनका लागि पारदर्शीता आवश्यक रहेकामा जोड दिँदै सबै मन्त्रीका काम जनताले हेर्न पाउने गरि सिसीटिभीको व्यवस्था गर्नुपर्ने बताए । साथै उनले समयमै काम सम्पन्न नगर्ने ठेकदारलाई कानुनअनुसार कारबाही गर्नुपर्ने धारणा व्यक्त गरे ।

    सांसद गंगाकुमारी बेलवासेले संवैधानिक परिषदमा पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् आफू खुसी नियुक्ती गरेको स्मरण गर्दै यसमा आगामी दिनमा संशोधन गरि राष्ट्रियसभाका उपाध्यक्षसमेत रहने व्यवस्था गर्नुपर्ने बताइन् ।

    सांसद गोमादेवी तिमिल्सिनाले देशको राजधानीमै फोहरको समस्या बढेको, ढल फुटेर दुर्गन्ध बढेको, बाटोका खाल्डामा पानी भरिएर हिँड्न गारो भएको बताउँदै तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गाराइन् ।

    उनले केही राजनीतिक दलका क्रियाकलापका कारण राजनीतिक दलको विकल्पको आवाज उठ्न थालेकामा चिन्ता व्यक्त गर्दै हालका उपलब्धि यिनै दलका कारण आएको हो भन्ने कुरा पनि विर्सन नहुने बताइन् ।

    सांसद भुवनबहादुर सुनारले नागरिकता दिने क्रममा विभिन्न स्थानमा केही व्यक्तिका नाम अपमान हुने गरि उल्लेख भएको सन्दर्भमा ध्यानाकर्षण गराउँदै यस्ता लापरबाही गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरे ।

    सांसद सुमित्रा विसीले महँगी बढेर जनतालाई थप दुःख भएको उल्लेख गर्दै सरकारले अनुगमनमा कडाई गरि नियन्त्रण गर्नुपर्ने बताइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij