काठमाडौं । आइपिओको नतिजा अब तीनवटा वेबसाइटबाट मात्रै हेर्न पाइने भएको छ ।
यसअघिसम्म विभिन्न सञ्चार माध्यमलाई समेत आइपिओको नतिजा बाँडिँदै आएकोमा अब भने यस्तो कार्य बन्द गर्न निर्देशन दिइएको जासिडिएस एण्ड क्लियरिङका सिइओ पूर्णप्रसाद आचार्यले जानकारी दिएका छन् ।
सिइओ आचार्यले भने, ‘लगानीकर्ताको डिम्याट नम्वर र उनीहरुको विवरण सुरक्षित राख्नुपर्ने बिनियमावलीअनुसार संचार माध्यमलाई व्यक्तिगत विवरण नदिन हामीले सबै बिक्री प्रबन्धकलाई निर्देशन दिएका छौं ।'
सम्बद्ध कम्पनीको वेबसाइट, बिक्री प्रवन्धकको वेबसाइट र सिडिएसको वेबसाइट मेरो सेयरमार्फत मात्रै अब आइपिओ हेर्न पाइने छ । लगानीकर्ताको विवरण चुहावट भई दुरुपयोग हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न यसले मद्दत पुग्ने आचार्यको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij