वेबटिभी खबर
काठमाडौं । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न सत्ता गठनबन्धन सहमत भएको छ ।
बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरू उक्त मितिमा निर्वाचन गर्न सहमत भएका हुन् ।
बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने स्राेतकाे भनाइ छ ।
यसअघि निर्वाचन आयोगले सरकारसमक्ष मंसिर २ गते निर्वाचन गर्न प्रस्ताव गरेकाे थियाे ।
स्राेतका अनुसार निर्वाचन घोषणापछि पनि संसद् कायम राख्ने गठबन्धनका नेताहरूको चाहना छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij