Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चंखेलीको चर्चा एक रूपैयाँको नोटसँगै हरायाे

चंखेलीको चर्चा एक रूपैयाँको नोटसँगै हरायाे

  • 440
    SHARES
  • चंखेलीको चर्चा एक रूपैयाँको नोटसँगै हरायाे

    काठमाडौं । मुगको छायाँनाथ रारा नगरपालिकाको वडानम्बर १४ मा रहेको चंखेली हिमालको ऐतिहासिक महत्त्व रहेपनि प्रचारप्रसार अभावले ओझेलमा परेको छ । चंखेली हिमाल समुद्री सतहदेखि ४ हजार ५०० मिटर उचाईमा रहेकाे छ ।

    स्व.राजा वीरेन्द्र वीर विक्रम शाह २०४० सालमा सिकार खेल्ने क्रममा चंखेली हिमाल पुगेपछि उक्त हिमाललाई नेपाली एक रूपैयाँको नोटमा समावेश गरेका थिए । तर राजा वीरेन्द्रको निधनपछि चंखेली हिमालको चर्चा पनि सेलाएको स्थानीय सुनाउँछन् ।

    सरकारले एक रूपैयाँकाे नाेट छाप्न कम गर्दै जाँदा अहिले एक रूपैयाँकाे नाेट नै देखिन छाडेका छन् । नाेटसँगै चंखेली हिमालकाे चर्चा पनि कम हुन थालेका हाे । विशेषगरी चंखेली हिमालको टुप्पोबाट राराताल, चुचेमार, मुर्माटप, मुगु कर्णाली नदी, हुम्ला, जुम्लाका केही स्थानीय तहका बस्तीसमेत अवलोकन गर्न सकिन्छ ।

    सदरमुकाम गमगढी बजारदेखि गाडी, मोटरसाइकलबाट तीन घन्टामा चंखेली हिमालको फेदसम्म र त्यहाँदेखि दुई घन्टा पैदलयात्रा गरेर हिमालकाे चुचुराेमा पुग्न सकिन्छ । अहिले पनि चंखेली हिमालमा रमाउने स्थानीयको जमात मनग्य छ ।

    हिमालको टुप्पोबाट देखिने विभिन्न स्थानका दृश्यले चंखेलीलाई साँच्चिकै पर्यटकीय गन्तव्य बनाउन सकिने आन्तरिक पर्यटक पदमबहादुर महत बताउँछन् । चंखेली हिमालको फेदमा होटल व्यवसाय गर्दै आएका व्यवसायीले विगतभन्दा यो वर्ष चंखेली घुम्न आउनेको संख्या कम भएकाे बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij