Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

सम्झौता भएको ८ वर्षसम्म बनेन पुल

सम्झौता भएको ८ वर्षसम्म बनेन पुल

  • 411
    SHARES
  • सम्झौता भएको ८ वर्षसम्म बनेन पुल

    बैतडी । बैतडीको पाटन बजार जोड्ने मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ । सुर्नया नदीमा बन्न लागेको पाटन-सकार कैलपाल जोड्ने मोटरेबल पुल समयमै निर्माण नहुँदा समस्या भएको हो ।

    सुर्नया नदीमा २०७१ सालमा पुल निर्माण सुरु भएको हो । ५० मिटर लामो उक्त पुल निर्माण दुई वर्षमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएपछि ८ वर्ष बितिसक्दा पनि पुल निर्माण कार्य सम्पन्न हुनसकेको छैन ।

    लामो समयसम्म पुल निर्माण नहुँदा डैसीली, लदौली, सकार, बाडुलासौं, पोखरी, गनडा, किम्तोली र उल्लकाका बासिन्दा समस्यामा छन् । ठेकेदारको लापरबाहीले समयमै पुल निर्माण हुन नससकेको स्थानीयको आरोप छ ।

    बर्खा लागेसँगै सुर्नयामा पानीको बहाव बढेपछि सो सडक अवरूद्ध हुने गरेको छ । नदीमा पानीको बहाव बढेपछि सकार कैलपालबाट पाटन जोड्ने सडक अवरूद्ध हुने गरेको हो ।वर्षात्मा पाटन नगरपालिका तथा स्थानीय बजारमा आवतजावत गर्न र खाद्यान्न ढुवानी गर्न समस्या हुने गरेको छ ।

    संघीयता आएपछि प्रदेश सरकारले बनाउने कि संघीय सरकारले बनाउने भन्ने विषयमा अन्यौल हुँदा पुल निर्माणमा ढिलाइ भएको एस के निर्माण सेवाका सञ्चालक मदनमोहन बिष्टले बताए ।

    २ करोड ९० लाखको लागतमा निर्माण भइरहेको उक्त पुलको हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको बिष्टले जानकारी दिए । पछिल्लो समयमा २०८० असार मसान्तमा ठेक्का म्याद थपिएको थियो । २०७९ माघसम्म पुल निर्माण गरिसक्ने विष्टको दाबी छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij