Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

धौलागिरी लघुवित्तले २४ साउनदेखि आइपीओ बिक्री खुला गर्ने

धौलागिरी लघुवित्तले २४ साउनदेखि आइपीओ बिक्री खुला गर्ने

  • 304
    SHARES
  • धौलागिरी लघुवित्तले २४ साउनदेखि आइपीओ बिक्री खुला गर्ने

    काठमाडौं । धौलागिरी लघुवित्तले २४ साउनदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले तीन करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

    कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यका दरले तीन लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने छ । योमध्ये १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र पाँच हजार १५५ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।

    बाँकी तीन लाख नौ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।  

  • सम्बन्धित विषय:

  • # आइपीओ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij