Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

सवारी दुर्घटनामा २४ जनाको निधन 

सवारी दुर्घटनामा २४ जनाको निधन 

  • 365
    SHARES
  • सवारी दुर्घटनामा २४ जनाको निधन 

    बैतडी । सवारी दुर्घटनामा परेर बैटडीमा एक वर्षको अवधिमा २४ जनाको निधन भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा १३ सवारी दुर्घटनामा परेर २४ जनाको निधन गएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा ५ वटा जिप, ३ मोटरसाइकल, २ ट्याक्टर, १ बस, १ टिप्पर र १ मिनीट्रक दुर्घटनामा परेका छन् । ती सवारी दुर्घटनामा १५ पुरुष, ५ महिला र ४ जना बालकको ज्यान गएको हो ।

    यस्तै दुर्घटनामा परेर २३ जना घाइते भएका हुन् । ट्राफिक नियमको पालना नहुनु, कच्ची सडक लगायतका कारणले सवारी दुर्घटना हुने गरेको जनाइएको छ । यसैबीच गएको एक वर्षमा ट्राफिक प्रहरीले बैतडीमा ३ हजार ८ सयभन्दा बढी सवारी साधनहरूलाई कारबाही गरेको छ ।

    गत आव २०७८/७९ मा ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ८ सय २६ सवारी साधनलाई कारबाही गरिएको हो । ट्राफिक नियम उल्लंघन गर्ने ४ सय १५ ट्रक/ट्यांकर, ६४ बस, २ हजार ९३ जीप, कार र भ्यान कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामसिंह भण्डारीले बताए ।

    यस्तै ३ सय २ ट्याक्टर, ७ सय ७२ मोटरसाइकल र १ सय ४० अन्य सवारीसाधन कारबाहीमा परेका छन् । सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादक पर्दाथ सेवन गरेका, क्षमताभन्दा धेरै यात्रु बोक्ने, तीव्र गति लगायतका नेपाल सरकारले तोकेको सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारबाहीमा परेका बताइएको छ । सवारीसाधन कारबाहीबाट २१ लाख १८ हजार राजस्व संकलन भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij