वेबटिभी खबर
दाङ । दाङमा कुलोमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका-२ पोटलीका २६ वर्षीय नरेश चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।
शाहीका अनुसार चौधरीको आज बिहान ९ बजेतिर कुलोमा डुबेर मृत्यु भएको हो । चौधरीको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij