Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

गठबन्धनको विकल्प खोजिदैन : प्रचण्ड

गठबन्धनको विकल्प खोजिदैन : प्रचण्ड

  • 353
    SHARES
  • गठबन्धनको विकल्प खोजिदैन : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समितिको बैठकमा उनले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताए ।

    उनले बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने बताए ।

    विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मआलोचना नगरेका कारण नेकपा एमालेसँग गठबन्धन हुने ‘च्याप्टर क्जोज’ भएको अध्यक्ष दाहालको भनाइ छ ।

    उनले भने, ‘हामी अहिले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ । यसैलाई बढी सुदृढ बनाएर निर्वाचनमा जानुपर्छ ।’

    बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको सांगठनिक जीवन एवम् अवस्थालगायतका विषयमा छलफल भएको थियो ।

    बैठकमा अध्यक्ष दाहालले संविधानको रक्षा, शान्ति संविधानको संवर्द्धनका लागि स्थापना भएको गठबन्धनलाई बलियो बनाउने विषय नै यतिखेरको प्रमुख आवश्यक विषय भएको बताए ।

    नेता गिरिराजमणि पोखरेलका अनुसार बैठक पुनः शुक्रबार बिहान बस्ने गरि स्थगन भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij