Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एमसीसी, एसपीपी र आईपीएसविरूद्ध चार दल आन्दोलित

एमसीसी, एसपीपी र आईपीएसविरूद्ध चार दल आन्दोलित

  • 596
    SHARES
  • एमसीसी, एसपीपी र आईपीएसविरूद्ध चार दल आन्दोलित

    काठमाडौं । विभिन्न चार राजनीतिक दल एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णजीत बुढाथोकीको नेकपा माओवादी समाजवादी आन्दोलनमा उत्रिएका हुन् ।

    काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलनमा उत्रिएको जानकारी दिएका हुन् ।

    उनीहरूका अनुसार १३ साउनमा देशव्यापी कोणसभा, १५ साउनमा देशव्यापी मसाल जुलुस, १८ साउनमा काठमाडौंमा अन्तरक्रिया र २१ साउनमा प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।

    यसपछि उच्चस्तरको दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिने उनीहरुले बताएका छन् । साथै तत्कालीन ओली सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति पनि कार्यान्वयन गर्न माग गरेका छन् ।

    no.jpg

    nott.jpg 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij