वेबटिभी खबर
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर रहने बताएका छन् ।
सोमबार पोखरामा पुष्पलाल स्मृतिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनमा आबद्ध सबै दल आगामी निर्वाचनसम्म निरन्तरता दिन तयार रहेको बताए ।
विगतका कुरालाई सुधार गरेर आगामी दिनमा नदोहोरिने गरि गठबन्धनलाई अघि बढाइने उनको भनाइ छ ।ले भनिरहनुभएको छ ।
उनले भने, ‘नेपाली कांग्रेसले कतिको महसुस गर्छ । हेर्न बाँकी छ । गठबन्धन टुट्नेवाला छैन । आउने चुनावसम्म गठबन्धन कायम रहन्छ । यसको निम्ति आफ्नो तर्फबाट बहस गर्नुपर्छ ।’
उनले राम्रो ठाउँमा आफैँ लिएर उब्रेको ठाउँमा मात्रै दिने सोच कुनै पार्टीले गरे टुलुटुलु हेरेर नबस्ने उनको भनाइ छ ।
उनले भने, ‘सबै सिट आफैँ लिउँला उब्रेको मात्रै दिउँला भनेर कुनै पार्टीले सोच्छ भने हामी टुलुटुलु हेरेर बस्नेवाला छैनौं । आफ्नो शक्तिमा अडिएर अगाडी बढ्छौं । शक्ति बनाउने कुरामा आवश्यक समयमा भ्रम चिर्नुपर्छ ।’
नेपालले पुष्पलाल श्रेष्ठले कम्युनिस्ट पार्टी दक्षिणपन्थी रूपमा भासिएपछि विद्रोह गरेको सम्झँदै आफूले पनि अप्ठेरो परेपछि विद्रोह गरेको बताए ।
२०७४ सालको चुनावमा कम्युनिस्ट पार्टीले निकै राम्रो स्थान हासिल गरेको सुनाउँदै उनले त्यसलाई उपयोग गरेको भए कम्युनिस्ट पार्टी अत्यन्तै लोकप्रिय हुने बताए ।
उनले भने, ‘अहिलेको स्थानीय निर्वाचनमा धेरै सिट जितेको हुन्थ्यो । तर त्यो सबै बिगारेको एमाले नेता केपी शर्मा ओलीले हो ।’ ओलीले पार्टीमा छलफल बन्द गरेपछि विद्रोह गरेर नयाँ गठबन्धन बनाएको उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij