वेबटिभी खबर
नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैंडाकोट नगरपालिकामा बेरुजु बढेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा गैंडकोटको बेरुजु बढेको हो ।
गैंडाकोटमा हालसम्म ९ करोड १९ लाख ८५ हजार बेरुजु देखिएको छ । आव २०७६/७७ मा भन्दा आव २०७७/७८ नगरपालिकाको बेरुजु बढेको हो ।
महालेखापरीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनअनुसार आव २०७६/७७ सम्म गैंडाकोटमा ४ करोड १५ लाख १८ हजार बेरुजु रहेको थियो भने आव २०७७/७८ मा ५ करोड ४२ लाख ४४ हजार बेरुजु थपिएको छ ।
आव २०७६/७७ को बेरुजुसमेत समायोजन र समपरीक्षणबाट फछ्र्यौट एवम् आव २०७७/७८ को ५ करोड ४२ लाख ४४ हजारसहित ९ करोड १९ लाख ८५ हजार बेरुजु पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
कार्यालयको प्रतिवेदनअनुसार नगरपालिकामा आव २०७७/७८ मा ५ करोड ४२ लाख ४४ हजार बेरुजु रहेको छ । त्यस्तै आव २०७६/७७ मा २ करोड ६० लाख २ हजार, आव २०७५/७६ मा ४ करोड ९९ हजार र आव २०७४/७५ मा १ करोड ४२ लाख ६० हजार बेरुजु थियो ।
बेरुजु रकममध्ये असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने, प्रमाण कागजात पेश गर्नुपर्ने र पेस्की रकम गरी हालसम्मको अद्यावधिक बेरुजु ९ करोड १९ लाख ८५ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij