Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

अमेरिकामा गोली चल्दा एकजनाको मृत्यु

अमेरिकामा गोली चल्दा एकजनाको मृत्यु

  • 372
    SHARES
  • अमेरिकामा गोली चल्दा एकजनाको मृत्यु

    एजेन्सी, न्युयोर्क । अमेरिकाको सिएटल शहरको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा एकजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

    वाशिंगटनको रेन्टन उपनगरमा  सिएटलमा  बन्दुकको धेरै आवाज सुनेपछि स्थानीयहरूले  प्रहरी अधिकारीहरूलाई बोलाएका थिए । 

    प्रहरीका अनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रेन्टन पुलिस विभागले पेस गरेको आधिकारिक विवरणअनुसार  लोगान एभिन्यु साउथको १०० ब्लकमा उक्त घटना भएको हो।

    विवादपछि गोली हानहान भएको थियो ।  आक्रमणकारीको पहिचान खुलाइएको छैन् ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij