Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

मंकीपक्स : विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

मंकीपक्स : विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

  • 473
    SHARES
  • मंकीपक्स : विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

    एजेन्सी, न्युयोर्क । मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

    संसारभरका ७५ देशमा फैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको हो । संक्रमणका घटना बढेपछि डब्लूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि सबैभन्दा उच्च तहको चेतावनी जारी गरिएको हो ।

    विश्व स्वास्थ्य संगठन महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसले ७५ देशमा १६ हजारभन्दा धेरै केस रिपोर्ट गरिएको बताए । उनका अनुसार महामारीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ । 

    मंकीपक्सबाहेक अहिले कोभिड र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागु छन् । 

    डा. टेड्रोसका अनुसार आपत्कालीन समितिमा मंकीपक्सलाई  विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने बारेमा सुरुमा  एकमत हुन सकेको थिएन । 

    तर, उनले यो प्रकोप विश्वभर द्रुत गतिमा फैलिएको र यो वास्तवमै अन्तर्राष्ट्रिय चासोको विषय भएको निर्णय गरिएको बताए ।

    मंकीपक्स भाइरसका कारण यो रोग लाग्छ । यो भाइरस पहिलो पटक सन् १९५० मा मध्यअफ्रिकामा देखा परेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij