Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

झापामा आंशिक निषेधाज्ञाको पहिलो दिन, सडकमा सवारीको चाप कम

झापामा आंशिक निषेधाज्ञाको पहिलो दिन, सडकमा सवारीको चाप कम

  • 1.2K
    SHARES
  • झापामा आंशिक निषेधाज्ञाको पहिलो दिन, सडकमा सवारीको चाप कम

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले आइतबार मध्यरातबाट जिल्लामा निषेधाज्ञा गरेसँगै बजार र सडकमा सर्वसाधारणको उपस्थिति शुन्य देखिएको छ ।  उपचार गर्न हिँडेका र अत्यावश्यक सामग्री किन्न हिँडेका सर्वसाधारण भने केही संख्यामा सडकमा देखिएका छन् । 

    जिल्लाका मुख्य सहरहरु बिर्तामोड, दमक र काँकडभिट्टाका सडकमा सवारीको चाप निकै कम देखिएको छ । खाद्यान्न तथा अत्यावश्यक सामग्री ओसार पसारका लागि मात्र सवारी साधन सञ्चालन भएको जिल्ला प्रहरी कार्यायल झापाले जानकारी दिएको छ ।   

    आइतबार मध्यरातदेखि जारी निषेधाज्ञाका कारण सोमबार बिहानदेखि मुख्य सहरका सडकमा सवारी साधनको आवागमन धेरै पातलो देखिएको छ।

    जिल्ला प्रशासन कार्यालय झापाले जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्र चल्न दिने बताए पनि सडकमा सवारी साधनको चाप निकै कम देखिएको छ । प्रशासन कार्यालयले औषधि बिक्रीबाहेकका अन्य पसल बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खुल्ला राख्न आदेश दिएको छ ।

    सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गराउन र आदेश नभएका सवारीलाई चल्न नदिन जिल्लाका मुख्य सडक र चोकमा प्रहरी परिचालन गरिएको प्रहरी कार्यालय झापाले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # झापा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij