Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

बीपीका विचार परिवर्तनको मार्गदर्शक : नेता सिटौला

बीपीका विचार परिवर्तनको मार्गदर्शक : नेता सिटौला

  • 451
    SHARES
  • बीपीका विचार परिवर्तनको मार्गदर्शक : नेता सिटौला

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले हरेक लोकतान्त्रिक आन्दोलनमा महामानव विश्वेश्वरप्रसाद कोइराला (बीपी)का विचार सदैव मार्गदर्शकका रूपमा रहेको बताए ।

    ४०औँ बीपी स्मृति दिवसका अवसरमा भद्रपुर-१० स्थित विपीचोकमा आयोजित एक कार्यक्रममा उनले विसं २००७ सालदेखि हालसम्मका हरेक परिवर्तनका लडाईंमा बीपीका विचार मार्गदर्शकका रूपमा रहँदै आएको बताए ।

    त्यस्तै नेता सिटौलाले संघीय गणतन्त्रको रक्षाका लागि पाँच दलको सहकार्य निरन्तर रहने बताउँदै भने, ‘स्थानीय तहको निर्वाचनले त्यो प्रस्ट पारिसकेको छ । संघ र प्रदेशको निर्वाचनमा गठबन्धनको सहकार्य निरन्तर रहनेछ ।’

    संघीय गणतान्त्रिक नेपालको मुद्दा उल्ट्याउने प्रतिगामी सोच कुनै पनि हालतमा सफल नहुने उनकाे भनाइ छ । उनले लोकतन्त्रको विकल्प लोकतन्त्र रहेको बताए ।

    कांग्रेस भद्रपुर नगर सभापति रामबहादुर कँडेलको संयाेजकत्वमा भएको कार्यक्रममा पार्टीका झापा सभापति देउमान थेवे, महाधिवेशन प्रतिनिधि गोमा भट्टराईलगायतका वक्ताले नेपाली राजनीतिमा बीपीको चर्चा गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij