Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

रूपन्देहीको कोटहीमाई कोभिड-१९ विरूद्धको पूर्णखोप सुनिश्चित पालिका घोषणा

रूपन्देहीको कोटहीमाई कोभिड-१९ विरूद्धको पूर्णखोप सुनिश्चित पालिका घोषणा

  • 438
    SHARES
  • रूपन्देहीको कोटहीमाई कोभिड-१९ विरूद्धको पूर्णखोप सुनिश्चित पालिका घोषणा

    काठमाडौं । रूपन्देहीको कोटहीमाई गाउँपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड-१९ विरूद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।

    गाउँपलिकमा शुक्रबार आयोजित एक कार्यक्रममा जिल्ला खोप समन्वय समितिबाट पूर्ण खोप सुनिश्चित प्रमाणपत्र पाएसँगै पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।

    पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँबाट खोप सुनिश्चित प्रमाणपत्र घोषणाका लागि अनुमति पाएका हुन् ।

    पालिका अध्यक्ष बालकृष्ण तिवारीले पालिकामा रहेका लक्षित समूह  ४२ हजार ५६ मध्ये १२ वर्षमाथि पूर्ण खोप लगाएका ३१ हजार ७१ जनाले पूर्ण खोप पाएको जानकारी दिए ।

    कोटहीमाईमा लक्षित समूहका केही रोजगारीको शिलशिलामा पालिका बाहिर रहेकोले सर्वेक्षण र घरधुरीको आधारमा ९८ प्रतिशतले खोप पूरा गरेको स्वास्थ्य शाखा प्रमुख राम निवाश यादवले भने ।

    उनका अनुसार पालिकाका १० हजार ३२७ ले बुस्टर खोप लगाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij