Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

ठगी आरोपमा पक्राउ परेकी महिला जेल चलान

ठगी आरोपमा पक्राउ परेकी महिला जेल चलान

  • 407
    SHARES
  • ठगी आरोपमा पक्राउ परेकी महिला जेल चलान

    काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष तथा बैंकर एवम् घरजग्गा व्यवसायी इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ जेल चलान भएकी छिन् ।

    गत मंगलबार दिउँसो रामशाहपथबाट पक्राउ परेकी श्रीमती शाक्यलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार जेल चलान भएकी हुन् । उनलाई भद्रगोल जेल, महिला सेलमा लगिएको छ ।

    सो सहकारीको लेखा समिति सदस्यसमेत रहेकी शाक्यलाई तामाङले अंश दिलाएर अलग गराउन खोजे पनि ठगी मुद्दामा पक्राउ गरिएको थियो ।

    बिहीबार राति ९ बजेसम्म अदालतमा चलेको थुनछेक बहसपछि न्यायाधीश कृपासुर कार्कीले सहकारीबाट ठगिएको अर्बौ रूपैयाँ रकम लुकाउन श्रीमती शाक्यको पनि संलग्न भएको देखिएको भन्दै जेल चलानको आदेश दिएका थिए ।

    तामाङले सिभिल सहकारीबाट बिनाधितो लगेको अर्बौंको सम्पत्ति लुकाउन २०७४ सालमा श्रीमती सिर्जना शाक्य तामाङ र दुई छोरीलाई अंशबण्डा गरेकोसमेत खुलेको छ ।

    १५ सय बचतकर्ताको करिब ६ अर्ब ठगी गरिएको उजुरी परेपछि गत १५ असोजमा श्रीमान तामाङ पक्राउ परेका थिए भने त्यसको करिब १ वर्षपछि श्रीमती शाक्य पक्राउ परेकी हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij