Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

लमजुङमा ज्वरो र झाडापखालाका बिरामी बढे

लमजुङमा ज्वरो र झाडापखालाका बिरामी बढे

  • 575
    SHARES
  • लमजुङमा ज्वरो र झाडापखालाका बिरामी बढे

    लमजुङ । जिल्ला अस्पताल लमजुङमा ज्वरो र झाडापखालाका बिरामी बढेका छन् ।

    वर्षा र अत्याधिक गर्मीका कारण जिल्ला अस्पतालमा दैनिक ज्वरो, झाडापखाला र रुघाखोकीको समस्या लिएर आउने बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ ।

    अस्पतालमा विभिन्न स्वास्थ्य समस्या लिएर आउने बिरामी मध्ये पछिल्लो समय वढि मात्रामा झाडापखला र ज्वरोको समस्या भएका बालबालिका  उपचारका लागि आएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए ।

    उनका अनुसार अहिले दैनिक ५० देखि ६० जना बालबालिका उपचारको लागि अस्पताल आउनेको अस्पतालको तथ्यांक छ । उनीहरूमा बढी मात्रामा झापखला, ज्वरो, रुघाखोकी, रगतमासीको समस्या देखिएको छ ।

    वर्षा हुदाँ केही चिसो वर्षा नहुँदा अत्यधिक गर्मीका कारण र खानपानमा ध्यान नदिदा बालबालिकामा बढी मात्रा मौसमी स्वास्थ्य समस्या देखा परेको चिकित्सकको भनाइ छ ।

    यस्ता स्वास्थ्य समस्या आउन नदिन तथा फैलन नदिन सरसफाईमा ध्यान दिन, ताजा खानेकुरा खान र पानी उमालेर तथा फिल्टर गरीर पिउन चिकित्सकको सुझाव छ ।

    लमजुङ जिल्ला अस्पतालले पाँच वर्षमुनिका बालबालिका तथा जेष्ठ नागरिकलाई निःशुल्क उपचार गराउँदै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij