वेबटिभी खबर
काठमाडौं । पूर्वशिक्षा मन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले चुरेबाट अवैधरूपमा नदीजन्य वस्तुको दोहन गरेर कही मानिसले नागरिकको वातावरणीय अधिकार खोसेको बताएका छन ।
महोत्तरीका संघीय संसदसमेत रहेका पोखरेलले संसदमा विशेष समय लिएर बोल्दै चुरे दोहनले तराई मधेशको जीवन संकट बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।
चुरेको प्रमुख उत्पादन सफा पानीसमेत हराउँदै गएको उनको भनाइ छ ।
संसदमा ध्यानाकर्षण गराउदै नेता पोखरेलले भने, ‘नदीनाला उतखनन् र दोहनलाई हरहालतमा रोक्नुपर्छ । चुरे हिमालको सुरक्षा कवच हो । यो रहेन भने हिमालमा हिउँ रहदैन । मधेशमा पिउने पानी पाइदैन । ठुला हिमताल फुट्न सक्छन् ।’
चुरे संरक्षणको सवालमा हिमाली र पहाडी भेगका बासिन्दा बोल्नुपर्ने अवस्था आएको बताउँदै नेता पोखरेलले तराई भेगका जनताले चुरे दोहनलाई साझा रूपमा उठाउनुपर्नेमा ध्यानाकर्षण गराए ।
नेता पोखरेलले क्रसरमाफियाको दादागिरीलाई समेत संसदमा ध्यानाकर्षण गराएका छन् ।
२५ पुस ०७६ मा धनुषाका पर्यावरण अभियन्ता दिलिप महतोलाई गरेको निर्मम हत्याले चुरे दोहनमा सग्लन गिरोहको भित्रिरूप उजागार भएको बताए । क्रसरवालाहरूको अवैध क्रियाकलापसमेत रोक्नुपर्ने नेता पोखरेलले जोड दिए । महोत्तरी मात्र अहिले ३० भन्दाबढी क्रसर उधोग छन् ।


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij