Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सैनिक विशेष अदालतलाई सिंहदरबारमा सार्नुपर्छ : सांसद गुरुङ

सैनिक विशेष अदालतलाई सिंहदरबारमा सार्नुपर्छ : सांसद गुरुङ

  • 523
    SHARES
  • सैनिक विशेष अदालतलाई सिंहदरबारमा सार्नुपर्छ : सांसद  गुरुङ

    काठमाडौं । सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतलाई सैनिक मुख्यालयबाट सिंहदरबार भित्र सार्न माग गरेकी छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सैनिक विशेष अदालत सिंहदरबार भित्र सार्न माग गरेकी हुन् ।

    उनले भनिन्, ‘सेनामा न्यायप्रति विश्वास घटेको छ । सैनिक विशेष अदालतको वेथितीका विषयमा निरन्तर अनुगमनको लागि जोडदार माग गर्दछु । सैनिक विशेष अदालतलाई सिंहदरबार भित्र र सैनिक परिसर बाहिर सार्न माग गर्दछु ।’

    सैनिक विशेष अदलातको वेथितीको कारण सयौं सैनिकले समयमै न्याय पाउन नसकेको उनकाे दबी छ ।

    उनका अनुसार सैनिक अदालत भनेको सैनिक नेतृत्वको एकल इजलास हो । जसका कतिपय निर्णय सैनिक नेतृत्व र तिनका निहित स्वार्थ बोकेका निश्चित समूहका रिसिवीका कारण अभिप्रेरित हुने गरेको छ ।

    सैनिक विशेष अदालत हप्ताको एक दिन मात्र बस्ने र त्यो दिन विभिन्न व्यक्तिहरुको व्यवस्थताका कारण इजलास बस्न नसकेको उनले बताइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij