Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

बेनी-गलेश्वर सडक मर्मत

बेनी-गलेश्वर सडक मर्मत

  • 427
    SHARES
  • बेनी-गलेश्वर सडक मर्मत

    म्याग्दी । काली गण्डकी करिडोरअन्तर्गतको बेनी-जोमसोम सडक खण्डको बेनी-गलेश्वर क्षेत्रमा जोखिमपूर्ण रहेको सडक मर्मत गरिएको छ ।

    पश्चिम नेपालको पशुपतिनाथको नामले चर्चित गलेश्वरधाममा साउने सोमबारका दिन पूजा र दर्शन गर्न जाने भक्तजनको सुविधालाई लक्षित गरेर बेनी नगरपालिकाले सडक मर्मत गरेको हो ।

    सडकखण्डमा साना ठूला सवारीसाधन आवतजावतमा सहज हुनेगरी ठाउँ-ठाउँमा ग्राबेल गर्नाका साथै स्काभेटरको प्रयोग गरी सडक मर्मत गरिएको बेनी-७ का वडाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

    सडकखण्डमा साउन महिनाको हरेक सोमबार भक्तजनको चाप हुने भएकाले सवारीसाधन फस्ने जोखिमलाई ध्यान दिई जोखिम रहेका स्थानमा हरेक आइतबार नियमित मर्मत गरिने श्रेष्ठले बताए ।

    सडकखण्डको मर्मत तथा जोखिमस्थानको स्थलगतरूपमा अनुगमनका लागि नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, वडा नं-७ का वडाध्यक्ष श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकाल, उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाललगायत संलग्न एक समिति गठन गरिएको छ ।

    नगरप्रमुख केसीले सवारी आवतजावतमा समस्या भएकाले जोखिमपूर्ण स्थानका सडक मर्मतको काम गरिएको र बेनी-जोमसोम सडक निर्माण आयोजनालाई बेनी-गलेश्वर क्षेत्रको जोखिमपूर्ण ठाउँको बाँकी काम तत्काल सम्पन्न गर्नसमेत ध्यानाकर्षण गरिएको बताए ।

    नगरपालिकाले भक्तजनको सहजताका लागि आकस्मिकरूपमा काम गरेको भए पनि आयोजना पक्षसँग सडक स्तरोन्नतिका लागि निरन्तर दबाब दिने नगरप्रमुख केसीको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij