वेबटिभी खबर
महोत्तरी । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका-४ बरथटोलमा पोखरीमा डुबेको अवस्थामा बिहीबार राति एक बालकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीका अनुसार गए राति स्थानीय भाग्यनारायण यादवका दुई वर्षीय छोरा सार्थक यादवको शव गाउँकै शिवजी पोखरी फेला परेको हो ।
बालक सार्थक घरबाट खेल्न भनी निस्केको र अबेर साँझसम्म घर नफर्केपछि परिवारले खोज्दै जाँदा उनी पोखरीमा डुबेको अवस्थामा फेला परेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij