वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीभित्र एकता कायम गर्न सुझाव दिएका छन् ।
बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा निधिले चुनावका लागि पाँच दलसँग तालमेलसँगै पार्टीभित्र पनि एकता आवश्यक रहने बताएका हुन् ।
उनले भने, ‘कांग्रेसमा तपाई बाहेक शक्ति केन्द्र र उपकेन्द्र धेरै छन् । यसलाई पनि एकतावद्ध गरेर लैजान आवश्यक छ । यो तपाईको जिम्मेवारी पनि हो ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij