Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पहिरो प्रभावितको उद्वार, राहत र बासस्थानको व्यवस्था मिलाउन निर्देशन

पहिरो प्रभावितको उद्वार, राहत र बासस्थानको व्यवस्था मिलाउन निर्देशन

  • 361
    SHARES
  • पहिरो प्रभावितको उद्वार, राहत र बासस्थानको व्यवस्था मिलाउन निर्देशन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गोरखाको आरुघाट गाउँपालिका-१ श्याम्चेतमा वर्षाका कारण माथिबाट पहिरो खसेर विस्थापित भएकाको तत्काल उद्वार, राहत र तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

    गृहमन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्वारमा कमी हुन नदिन निर्देशन दिएका हुन् ।

    पहिरोले स्थानीय वीरबहादुर गुरुङलगायतको घर पुरेको र गाउँको दुवै तिरबाट पहिरो आएकाले गाँउनै जोखिममा रहेको खबर आएको प्रजिअ आचार्यले जानकारी दिए ।

    पहिरोबाट विस्थापितलाई उद्वार गर्न बुधबार साँझ नै प्रहरी र सशस्त्रको टोली घटनास्थल पुगिसकेको प्रजिअ आचार्यले बताए । पहिरोले ६ घर पुरेको छ । मानवीय क्षति भने भएको छैन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij