Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

८० राउण्ड गोलीसहित एकजना पक्राउ

८० राउण्ड गोलीसहित एकजना पक्राउ

  • 304
    SHARES
  • ८० राउण्ड गोलीसहित एकजना पक्राउ

    झापा । झापाको भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोलीसहित एकजना पक्राउ परेका छन् ।

    मंगलबार राति मोबाइल चोरीको अभियोगमा पक्राउ परेका भद्रपुर-५ का १८ वर्षीय मोहम्मद प्यारेको साथबाट मोबाइलसँगै ८० राउण्ड गोलीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    गत असार २४ गते राति भद्रपुरस्थित राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियंका मोबाइल पसलबाट विभिन्न कम्पनीका मोबाइल २९ थान, घडी दुई थान र नगद ६१ हजार ५०० गरी ५ लाख १८ हजार २०० बराबरको चोरीको भएको थियो ।

    उक्त चोरी भएको उजुरीका आधारमा चोरीमा संग्लग्न व्यक्तिको खोजीका क्रममा मंगलबार राति अभियुक्त प्यारेलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ । उनलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएकामध्ये एक थान मोबाइल, मोबाइलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो ।

    उनले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद गरिएको र घटाना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij