Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

दमौली अस्पतालमा संक्रमणजन्य रोगका बिरामी बढे

दमौली अस्पतालमा संक्रमणजन्य रोगका बिरामी बढे

  • 387
    SHARES
  • दमौली अस्पतालमा संक्रमणजन्य रोगका बिरामी बढे

    तनहुँ । दमौली अस्पतालमा संक्रमणजन्य रोगका बिरामीको बढेका छन् । ज्वरो, टाइफाइड, निमोनिया, रुघाखोकी, झाडापखला लगायतका बिरामी बढेको अस्पतालले जनाएको छ।

    अस्पतालमा आएका बिरामीमध्ये रुघाखोकी, टाइफाइडका बिरामी धेरै भएको अस्पतालका डा.दिवस ढकालले जानकारी दिए । दिनमा २५० भन्दा बढी बिरामी उपचारार्थ आउनेमा ३० देखि ४० प्रतिशत टाइफाइडका बिरामी छन् ।

    संक्रमणजन्य रोग भएकोले एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने भएकोले सुरक्षित हुन होम आइसोलेशनमा बस्ने र खानपानमा ध्यान दिन सुझाव दिइएको उनले बताए ।

    उनले भने, ‘पानी उमालेर खान र आराम गर्न सुझाब दिइएको छ ।’ टाइफाइड रोग खानेपानी र खानाबाट सर्ने भएकोले सफा खाने पानी पिउन र स्वास्थ्यकर खाना खाना आग्रह गरेको उनले जानकारी दिए  ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij