Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

बाबुराम भट्टराई पक्षकाे छुट्टै भेला

बाबुराम भट्टराई पक्षकाे छुट्टै भेला

  • 398
    SHARES
  • बाबुराम भट्टराई पक्षकाे छुट्टै भेला

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले छुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन् ।

    मंगलबार बिहान साढे ११ बजे काठमाडौंको जडिबुटीमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको हो ।

    बिहीबारसम्म चल्ने बैठकमा आन्तरिक विषय, स्थानीय चुनाव समीक्षा, संगठनबारे छलफल र आगामी कार्ययोजनाबारे छलफल हुने एक नेताले बताए ।

    बैठकमा बाबुरामले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेस गर्ने छन् ।

    त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले पनि विरगञ्जमा छुट्टै भेला राखेकाे छ । यादव पक्षककाे बैठक पनि आजबाटै सुरु हुने जनाइएको छ । बाबुराम र उपेन्द्रको मनमुटावका कारण पार्टी फुटको संघारमा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij