वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा गठबन्धन नगरी प्रतिस्पर्धा गर्ने बताएका छन् ।
सोमबार सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै ओलीले यथास्थिति नै दोहोरिने खालका गठबन्धन बनाउन एमाले अग्रसर नहुने बताए ।
बिहे र डिभोर्सको प्रसङ्गलाई जोडेर गठबन्धनबारे ओलीले नक्कली बिहे गरेर सक्कली डिभोर्स नगर्ने बताए ।
उनले भने, ‘एकपल्ट बिहे हुन्छ फेरि डिभोर्स हुन्छ । फेरि बिहे हुन्छ, फेरि डिभोर्स पनि हुन्छ । यसको पछाडिको कारण डिभोर्स चैँ साँचो हुन्छ । बिहे चैँ नक्कली हुन्छ । त्यस कारण साँचो डिभोर्स गर्नका लागि । नक्कली बिहे गर्न एमाले हत्तारिँदैन ।’
देश र जनतालाई हित र फाइदा नहुने गठबन्धन एमालेले नगर्ने भन्दै उनले देश परिवर्तनको शक्तिसहित अघिबढ्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij