Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

राजस्व बुझाउन अटेर गरेका पाँच क्रसर उद्योगमा तालाबन्दी

राजस्व बुझाउन अटेर गरेका पाँच क्रसर उद्योगमा तालाबन्दी

  • 335
    SHARES
  • राजस्व बुझाउन अटेर गरेका पाँच क्रसर उद्योगमा तालाबन्दी

    हेटौंडा । पटक-पटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरमा सञ्चालित पाँच क्रसर उद्योगमा तालाबन्दी लगाइएको छ । लिखित र मौखिकरूपमा पटक-पटक जानकारी गराएको तर राजस्व नबुझाएपछि मकवानपुरगढी गाउँपालिका आज तालाबन्दी गरेको हो ।

    उक्त गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगमा गाउँपालिका उपाध्यक्ष मनकुमारी नेपालीको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेको बताइएको छ ।

    ती उद्योगले गाउँपालिकालाई १ करोड ५४ लाख राजस्व दाखिला गर्नुपर्ने भएको तर दाखिला नगरेकाले तालाबन्दी गर्नु परेको उपाध्यक्ष नेपालीले बताए ।

    मकवानपुरगढी गाउँपालिका-५ स्थित साइबाबा क्रसर उद्योगले २८ लाख, आधुनिक क्रसर उद्योगले २३ र आमभञ्ज्याङ एग्रिगेरले २८ लाख राजस्व तिर्न बाँकी रहेको छ ।

    त्यस्तै मकवानपुरगढी-२ स्थित नमूना बालुवा उद्योगले ३० लाख तथा मकवानपुरगढी वडा नं-६ मा रहेको सामरी खोला बालुवा उद्योगले ४५ लाख राजस्व भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।

    ती उद्योगले असार १५ गतेसम्म भुक्तानी गर्ने लिखित सहमति गरे पनि त्यसको पालना नभएपछि बाध्य भएर तालाबन्दी गरिएको गाउँपालिका आर्थिक विकास समितिका संयोजक रहेका सोही गाउँपालिका-६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाईंले बताए ।    

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij