Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ

  • 411
    SHARES
  • विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ

    काठमाडौं । मकवानपुर, सिरहा र बाँकेबाट अवैध लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    मकवानपुरको भिमफेदी गाउँपालिका-२ भैसेबाट करिब ६ किलो गाँजा सहित एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कैलाश गाउँपालिका-४ झ्याङे बस्ने २४ वर्षीय विजय लामा छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    चुनियाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा २९ प ३०४४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी चालक विजयलाई पक्राउ गरेको हो ।

    सिरहाको गोलबजार नगरपालिका-७ पुरानो चोहर्वाबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

    उनीहरूबाट प्रहरीले ६ सय नियन्त्रित लागूऔषध नाइट्राजेपाम र करिब १ ग्राम ५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ ।

    पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका-१० बस्ने २५ वर्षीय नरेश कुमार महतो र सोही ठाउँ बस्ने १९ वर्षीय रूपेश कुमार यादव रहेका छन् ।

    बाँकेको नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोकबाट १० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सोही उपमहानगरपलिका-११ त्रिभुवन चोक बस्ने ४० वर्षीय रियाज राई छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको  हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij