Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

नेपाल र क्यानडाबीच हुने श्रृंखलाको तालिका परिवर्तन

नेपाल र क्यानडाबीच हुने श्रृंखलाको तालिका परिवर्तन

  • 468
    SHARES
  • नेपाल र क्यानडाबीच हुने श्रृंखलाको तालिका परिवर्तन

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यानडाबीच हुन लागेको दुई एकदिवसीय क्रिकेट श्रृंखलाको मिति एक दिन पर धकेलिएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)का अनुसार श्रृंखला ५ र ६ जुलाईमा हुने तय भएको छ । यसअघि पहिलो खेल ४ र दोस्रो खेल ५ जुलाईमा हुने तय भएको थियो ।

    नेपालले आज ओन्टारियो क्रिकेट क्लबसँग टी-२० खेल खेल्ने तय भएसँगै श्रृंखला एक दिन पर धकेलिएको हो ।

    नेपाल र ओन्टारियोबीच यसअघि एकदिवसीय खेल भएको थियो । जहाँ नेपाल ६९ रनले विजयी भयो ।

    पूर्वतालिकाअनुसार ओन्टारियोसँग एक खेल खेल्ने कार्यक्रम रहेको थियो । तर क्यानले आपसी समझदारीमा दुई खेल हुने तय भएको बताएको हो ।

    क्यानडासँगको श्रृंखलापछि नेपाल स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक श्रृंखला खेल्न स्कटल्यान्ड प्रस्थान गर्नेछ । जहाँ घरेलु टोली स्कटल्यान्ड, नेपाल र नामिविया भिड्नेछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij