Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पञ्चदेवल नगरपालिकाले अस्पताललाई दियो पाँच लाख अनुदान

पञ्चदेवल नगरपालिकाले अस्पताललाई दियो पाँच लाख अनुदान

  • 346
    SHARES
  • पञ्चदेवल नगरपालिकाले अस्पताललाई दियो पाँच लाख अनुदान

    काठमाडौं । अछामको पञ्चदेवल विनयाक नगरपालिकाले बयालपाटा अस्पताललाई पाँच लाख रूपैयाँ सहयोग गरेको छ ।

    नगरपालिकाले अस्पतालको व्यवस्थापनका लागि पाँच लाख रूपैयाँ हस्तान्तरण गरेको हो ।

    पञ्चदेवल विनायक नगरपालिकाले दिएको यो रकम अस्पतालको व्यवस्थापनमा खर्च हुने नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावलले बताए ।

    दुर्गम क्षेत्रमा सञ्चालनमा आएको अस्पताललाई सहयोग पुगोस् भनेर अनुदान प्रदान गरिएको नगरपालिका-६ का वडा अध्यक्ष कमल रावलले जानकारी दिए ।

    सन् २००७ मा स्थापना भएको अस्पतालले कालीकोट, अछाम, दैलेख, डोटी र बाजुरा जिल्लाका बिरामीको उपचार गर्ने गरेको छ ।

    दुर्गममा रहेको अस्पतालले हाल बाहिरंग सेवा, २४सै घण्टा अन्तरंग, आकस्मिक, प्रयोगशाला तथा एक्सरे सेवाहरू प्रदान गर्दै आइरहेको छ भने शल्यक्रियामार्फत प्रसुति सेवा, हर्निया तथा हाईड्रोशील र एपेन्डिसको आकस्मिक सर्जरी, हाडजोर्नीका सर्जरी निःशुल्क प्रदान गर्दै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij