Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

खोलामा बेपत्ता भएका बालकको शव फेला

खोलामा बेपत्ता भएका बालकको शव फेला

  • 371
    SHARES
  • खोलामा बेपत्ता भएका बालकको शव फेला

    धनगढी । कैलारी गाउँपालिका-६ स्थित गौकन्द्री खोलामा केही दिनअघि साथीहरूसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका एक बालकको शव आज फेला परेको छ ।

    धनगढी उपमहानगरपालिका-१९ जे गाउँका दीपक विकका ११ वर्षीय छोरा निखिलको शव घटनास्थलबाट ८०० मिटर दक्षिण गौकन्द्री खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

    बालकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढी पठाई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ । मृतक बालक यही असार १५ गते कैलारी-६ स्थित आफ्नो मामाघर गएको अवस्थामा गौकन्द्री खोलामा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij