वेबटिभी खबर
कंञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१० झलारीका १३ वर्षीय रघुवीर जोशी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । स्थानीय टोटी खोलामा नुहाउने क्रममा उनी बुधबार साँझ बेपत्ता भएका हुन् ।
झलारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार खोलाको किनारामा कपडा र चप्पल फेला परेपनि बालकको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैनन्।
‘खोलाको किनारामा बालकको कपडा र चप्पल फेला परेको छ’, उनले भने, ‘गोताखोर टोलीले बाढी आएको खोलामा खोजतलास गरेपनि अझैसम्म बालकलाई भेटाउन सकेको छैन ।’ खोजी कार्य आज पनि जारी रहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij