Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

डोल्पामा असार मसान्तसम्म ३३ केभी प्रशारण लाइन पुग्ने

डोल्पामा असार मसान्तसम्म ३३ केभी प्रशारण लाइन पुग्ने

  • 430
    SHARES
  • डोल्पामा असार मसान्तसम्म ३३ केभी प्रशारण लाइन पुग्ने

    काठमाडौं । भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको डोल्पामा ३३ केभीए प्रशारण लाइन विद्युत् पुर्याउनका लागि तीन ठाउँबाट काम सुरू भएको छ ।

    असार मसान्तसम्ममा त्रिपुराकोटस्थित सबस्टेसनमा विद्युत् पुर्याएर अन्य पालिकामा विद्युत् वितरण तीव्रता दिन काम भइरहेको विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जानकारी दिएको छ ।

    रूकुम पश्चिमको गोतामकोट, जाजरकोट, रूकुम र डोल्पाको सीमाना त्रिवेणी र मध्यडोल्पाको त्रिपुराकोटबाट एकसाथ प्रशारण लाइन निर्माणा चलिरहेको छ । 

    डोल्पामा तत्काल विद्युत् पुर्याउन जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले हरेक महिना प्रगति विवरण पेश गर्न र कामलाई तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिइरहेका छन् ।

    बुधबार मात्रै पनि नेपाल विद्युत् प्राधिकरण प्रदेशिक कार्यालयले ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकामा त्रिपुराकोटस्थित सबस्टेसनबाट विद्युत् लिन वोलपत्र आह्वान गरेको छ ।

    त्रिपुरोकोट सवस्टेसनमा विद्युत् पुग्न बित्तिकै पालिकामा विद्युत् पुर्याउने भन्दै बोलपत्र आह्वान गरी कामलाई गति दिएको हो । दुई वर्षदेखि डोल्पामा विद्युत् पुर्याउने भन्दै ठेक्का लागे पनि ढिलासुस्तीका कारण पूरा हुन सकेको थिएन ।

    कामलाई तीव्रता दिन व्यवहारमुखी गति हुनुपर्ने मन्त्री सिंहले बताए । डोल्पा सदरमुकाममा भरपर्दो विद्युत् नहुँदा त्यहाँका कार्यालयमा काम गर्न समस्या हुँदै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij