वेबटिभी खबर
काठमाडौं । लगातारको वर्षाका कारण मनाङ जाने एक मात्र सडक बेंसीसहर-चामे खण्ड अवरुद्ध भएको छ । बेँसीशहर नगरपालिका-६ उत्तीसघारीको खरखरेमा पहिरो गएको छ ।
पहिरोका कारण मर्स्याङ्दी गाउँपालिका-९, खुदीवारिको घनपोखरा र लामागाउँ जाने सडक अवरूद्ध भएको छ ।
खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ । मनाङतर्फ म्यार्दी भिरमा पहिरो गएपछि सडक अवरूद्ध भएको छ ।
डुम्रे-बेँसीशहर-चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार मंगलबार साँझदेखिको वर्षाका कारण मनाङ जोड्ने सडक ठाउँठाउँमा पहिरोले क्षति पुर्याएको छ ।
मनाङतर्फको बाटो खुलाउने प्रयास भइरहेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij