Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

हिमा गाउँपालिकाको स्थायी कार्यालय बाजागाडमा

हिमा गाउँपालिकाको स्थायी कार्यालय बाजागाडमा

  • 357
    SHARES
  • हिमा गाउँपालिकाको स्थायी कार्यालय बाजागाडमा

    काठमाडौं । हिमा गाउँपालिकाको गाउँसभाले पालिकाको  स्थायी केन्द्र बाजागाडमा तोकेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको अध्यक्षतामा बसेको १२औँ सभाले पालिकाको केन्द्र  ५ नम्बर वडामा पर्ने बाजागाड बनाउने निर्णय गरेको हो ।

    सबैको सहमतिमा पालिकाको केन्द्र बाजागाड बनाउने निर्णय भएको गाउँपालिका अध्यक्ष  लक्ष्मणबहादुर शाहीले बताए । उनले भने, ‘हामी हिमा गाउँबासीको विकास र समृद्विको आकांक्षा पूरा गर्न सबैको पाएक पर्ने ठाउँमा कार्यालय तोकेका छौँ ।’

    यसअघिका जनप्रतिनिधिले पनि कार्यालय बाजागाडमा तोक्ने निर्णय गरेका थिए । तर पछि विवाद भएपछि निर्णय कार्यान्वन रोकिएको थियो । हिमाले आर्थिक वर्ष ०७८/०७९ को बजेट, नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, यातायात, सिँचाई, पर्यटनजस्ता क्षेत्रहरूलाई मुख्य प्राथमिक्तामा राखेको छ ।

    स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउन लघु उद्यम, रोजगारी सिर्जना तथा अन्य आर्थिक उपार्जनका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने योजना रहेको अध्यक्ष  शाहीले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij