वेबटिभी खबर
काठमाडौं । नेकपा राष्ट्रिय एकता पार्टी अध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतले कम्युनिस्ट पार्टीलाई शत्रूतापूर्ण अवस्थामा पुर्याएको बताएका छन् ।
आँफू नेतृत्वको नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा कार्यक्रममा गौतमले साविक नेकपा खारेज, एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसला त्रूटिपूर्ण र हानिकारक सावित भएको बताए । सो आदेशले कम्युनिस्ट पार्टीलाई शत्रूतापूर्ण अवस्थामा पुर्याएको गौतमले बताए ।
नयाँ पार्टी घोषणा कार्यक्रममा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सर्वोच्च अदालतको निर्णयले पुनर्स्थापित नेकपा (एमाले) पुनः विभाजन उन्मुख भयो र केही महिना पछि साँच्चिकै विभाजित भएरै छोड्यो । जुन तपाइहरूलाई अवगत नै छ ।’
नेपालको कम्युनिस्ट आन्दोलनलाई सर्वोच्च अदालतको त्यो निर्णयले मुख्य कम्युनिस्ट पार्टीहरूका बीचको सम्बन्धलाई शत्रूतापूर्ण अवस्थामा परिणत गरिदिएको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको राजनीतिक अवस्थामा गम्भीर नकारात्मक प्रभाव वृद्धि भइरहेको जारी विज्ञप्तिमा भनिएकाे छ । यी तथ्यहरूको आधारमा भन्नुपर्दा सर्वोच्च अदालतको निर्णय त्रूटीपूर्ण र हानिकारक सावित भएको उल्लेख गरिएकाे छ ।


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij