Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

खराब मौसमका कारण कर्णालीको हवाई उडान प्रभावित

खराब मौसमका कारण कर्णालीको हवाई उडान प्रभावित

  • 660
    SHARES
  • खराब मौसमका कारण कर्णालीको हवाई उडान प्रभावित

    फाइल तस्बिर

    काठमाडौं । मौसममा आएको खराबीका कारण कर्णालीको हवाई उडान प्रभावित भएको छ ।

    मौसम बदलिकै कारण मंगलबार काठमाडौंबाट सुर्खेतमा हुने हवाई उडानहरू रद्द भएका छन् भने सुर्खेतबाट हुम्ला, डोल्पामा हुने हवाई उडान तीन दिनदेखि बन्द छन् । हवाई उडान नहुँदा यात्रुहरू समस्यामा परेका छन् ।

    नेपालगञ्ज र सुर्खेत आउने र जानेहरू एयरपोर्टमै बस्न बाध्य भएको डोल्पाका सदरमुकाम दुनैका रामबहादुर बुढाले बताए । उनले भने, ‘सडक सञ्जलासँग नजोडिएको हवाइ मार्गमार्फत यात्रा गर्दै आएका थियौं । तीन दिनदेखि हवाई उडान नहुँदा सास्ती भोग्नु परेको छ ।’

    मंगलबार बिहानदेखि कर्णालीमा भारी वर्षा सुरु भएका कारण काठमाडौंबाट सुर्खेत उडान भर्न लागेको बुद्ध एयर जहाज काठमाडौंमा डिले भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij