Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चाैतारा साँगाचोकगढी नगरपालिकाको बजेट १ अर्ब २४ करोड

चाैतारा साँगाचोकगढी नगरपालिकाको बजेट १ अर्ब २४ करोड

  • 503
    SHARES
  • चाैतारा साँगाचोकगढी नगरपालिकाको बजेट १ अर्ब २४ करोड

    काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले आव ०७९/०८० को बजेट प्रस्तुत गरेको छ । बाह्रौँ नगरसभाअन्तर्गत उपप्रमुख सिता थापाले १ अर्ब २४ करोड २९ लाख ४७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् ।

    प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ ।

    नगरपालिकाले कृषि क्षेत्रका लागि  ४ करोड विनियोजन गरेको छ । त्यसैगरी पशु विकास सेवाका लागि २ करोड र रोजगार सिर्जनाका लागि १ करोड , स्वास्थ्य तर्फ ३ करोड ५० लाख विनियोजन गरेको छ ।

    शिक्षा, युवा तथा खेलकुदतर्फ ४ करोड ५० लाख, नगर गौरवका योजनाका लागि  २ करोड विनियोजन गरिएको छ ।

    चालु आवमा सञ्चालन भएका अधुरा योजनाहरुलाई पूरा गर्न, संघ तथा प्रदेशबाट प्राप्त हुने सशर्त अनुदानका कार्यक्रम सञ्चालन गर्नका लागिसमेत बजेट विनियोजन गरिको उपप्रमुख सिता थापाले नगरसभामा प्रस्तुत गरेको कार्यक्रममा उल्लेख छ ।

    नगरपालिकाले संघ समपुरक अनुदानका लागि संघबाट प्राप्त हुने समेत जम्मा १ करोड ८० लाख विनियोजन गरेको छ । प्रदेश समपुरक अनुदान प्रदेशबाट प्राप्त हुनेसमेत गरी  ६ करोड विनियोजन गरेको छ ।

    नगरपालिकाभित्रका जुनसुकै कारणले मृत्यु भएका मृतकको परिवारलाई प्रति परिवार  ५ हजारका दरले जम्मा ३० लाख बजेट विनियोजन गरिएको छ । पूर्वाधारतर्फ सिंचाई, खानेपानी तथा सरसफाई समेतलाई गरी ४ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

    लक्षित वर्गका लागि  १ करोड ७० लाख बजेट विनियोजन गरेको छ । नगरको विभिन्न क्षेत्रमा पूर्वाधार विकासको लागि नगर पुर्वाधार विकासतर्फ २ करोड बजेट विनियोजन गरेको छ भने विभिन्न साझेदार संस्थाहरुसँग साझेदारी गर्नका लागि  ३ करोड विनियोजन गरेको छ ।

    विपद् व्यवस्थापन तथा वन वातावरण, लघु उद्यम, पर्यटन, सहकारी, न्यायिक समिति, मठमन्दिर, सूचना तथा संचार, पुरातत्व संस्कृति पर्व तथा जात्रा, प्रभावित क्षेत्र, नदीजन्य पदार्थको उत्खनन् तथा संकलनको कारणबाट प्रभावित क्षेत्र तथा विविध कार्यक्रमलगायतलाई समेटी बजेट विनियोजन गरेको निति कार्यक्रममा उल्लेख छ ।

    नगर उपप्रमुख सिता थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जमिन बाझो नराखौ,माटोले मागेको रोपौँ, जति धेरै उत्पादन त्यति धेरै अनुदान, बाली संरक्षण आपतकालिन कोष, प्रत्येक किसान उत्पादक बनौ, प्रत्येक उत्पादनलाई उद्यममा जोडौ जस्ता लोकप्रिय नाराका साथ नीति कार्यक्रम तयार पारिएको छ ।

    एमाले र कांग्रेसका वडाध्यक्षद्धारा  बजेट अपुग भएको भन्दै असहमति चौतारा सांगाचोकगढी नगरपालिकाको आगामी आवमा वडास्तरीय योजनाको लागि प्रत्येक वडाका लागि ७५ लाखका दरले वडास्तरीय योजनाका लागि बजेट विनियोजन गरेको छ ।

    तर एमाले र काग्रेसबाट निर्वाचित वडा अध्यक्षले  वडाको लागि ७५ लाख अपुग भएको भन्दै असहमति जनाएका हुन् । यस विषयमा कार्यपालिका बैठकमा छलफल गर्ने गरी मेयर कृष्ण प्रसाद सापकोटाले निर्धारित तालिकाअनुसार बैठक स्थगित गरे ।

    यस्तै जुगल गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि ६६ करोड ३२ लाख ३ हजार रूपैंया बजेट ल्याएको छ ।

    गाउँपालिकाको उपप्रमुख हिमाल कुमार श्रेष्ठले आगामी आर्थिक बर्षको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्दै विगतमा भएको राम्रो कामलाई निरन्तरता दिएको बताउदै गाउँपालिकाको विकासका लागि केन्द्रित गरेर बजेट ल्याइएको बताए ।

    बलेफीको गाउँपालिका गाउँसभा स्थगित

    बलेफी गाउँपालिकामा कार्यपालिकाका सदस्यहरुले गाउँसभा बहिष्कार गरेका कारण गाउँसभा स्थगित भएको छ । उपाध्यक्षसहित नेपाली कांग्रेसबाट निर्वाचित कार्यपालिका सदस्यहरुले गाउँ सभा बहिष्कार गरेका हुन् ।

    पालिका अध्यक्ष गंगाबहादुर तामाङका अनुसार कार्यपालिका सदस्यले सभा बहिष्कार गरेपछि असार १२ गते पुनः गाउँसभा डाकिएको छ ।

    त्यस्तै पाँचपोखरी थाङपाल ,ईन्द्रवती, भोटेकोसी, सुनकोसी, लिसङखुपाखर, हेलम्बु,त्रिपुरासुन्दरी गाउँपालिकाले पनि शुक्रबार बजेट विनियोजन गरेका छन् ।

    सिन्धुपाल्चोकको १२ वटा स्थानीय तहमा बाह्रबिसे र मेलम्ची नगरपालिकाले बिहीबारनै बजेट ल्याएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij