वेबटिभी खबर
काठमाडौं । झापामा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप प्रहरीले मेचीनगर नगरपालिका-१० खयरडाँगी शान्ती टोल बस्ने ३५ वर्षीय संजिव बराललाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
बरालले ती बालिकालाई मेची अस्पताल धुलाबारीबाट मोटरसाइकलमा राखी घरतर्फ लाने क्रममा मेचीनगर नगरपालिका-१० नन्दा पेट्रोल पम्प पछाडि लगेर असार ६ गते साँझ दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।
जाहेरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij