Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

नेकपा एसका १० जना सांसदद्वारा पार्टीमा विद्रोह, अपराधीलाई जस्तो व्यवहार नगर्न चेतावनी

नेकपा एसका १० जना सांसदद्वारा पार्टीमा विद्रोह, अपराधीलाई जस्तो व्यवहार नगर्न चेतावनी

  • 433
    SHARES
  • नेकपा एसका १० जना सांसदद्वारा पार्टीमा विद्रोह, अपराधीलाई जस्तो व्यवहार नगर्न चेतावनी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीसहित १० सांसदहरु मन्त्री फिर्ता पठाउने पार्टी निर्णयको विरुद्धमा उत्रिएका छन् ।  समाजवादीका १० जना सांसदहरुले मन्त्री फेर्ने पार्टी निर्णय नमान्ने भन्दै ‘विद्रोह’ को चेतावनी दिएका छन्। 

    बजेट अधिवेशन चलिरहेको समयमा मन्त्रीहरुलाई फिर्ता बोलाउनु अस्वभाविक भएको भन्दै उनीहरुले ८ बुँदे असहमति पत्र अध्यक्ष नेपाललाई बुझाएका छन् । उनीहरुले संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष माधव कुमार नेपाललाई पत्र बुझाएका हुन् । 

    ‘पूर्व जानकारी गराए स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउछौं भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटकपटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन,’ ध्यानाकर्षण पत्रमा भनिएको छ। 

    यस्तो छ आठ बुँदे माग

    १. आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्रीमण्डल पूनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न सकिन्न ।

    २. पूर्वजानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउछौं भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुरयाउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन ।

    ३. स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक-पटक आजैरभोली नयाँ मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न ।

    ४. मन्त्रीहरुले संसद्‌मा बजेटसम्बन्धी आफ्ना धारणा राख्ने र माननीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर बजेट पास भएपछि छोड्ने छौं भन्ने प्रतिवद्धतालाई कमजोरी ठानियो, यो व्यवहारप्रति हामी गम्भीर छौं ।

    ५. प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित छ । यसप्रति हामी गम्भीर असहमत छौं ।

    ६. पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सही मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागीता नभएको, गैहसांसद र एकै जिल्लाबाट दुई जना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भीर असहमत छौं ।

    ७. मन्त्रीमण्डल पुनर्गठन गर्दा पुरानो टिम पुरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिश गर्न जोडदार माग गर्दछौं । यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गर्दछौं ।

    ८. यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गर्दछौं।

    289511307_584824336498832_5819131129067275035_n.jpg

    289020601_588536912671075_1604700925407253965_n.jpg

  • सम्बन्धित विषय:

  • # नेकपा एस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij