वेबटिभी खबर
काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा रु ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका डीन एवम् दीक्षान्त समारोह प्रचारप्रसार समितिका संयोजक डा.लिलाधर तिवारीका अनुसार अथिति सत्कार र यातायाततर्फ १३ लाख ७४ हजार खर्च भएको छ ।
कार्यक्रम सञ्चालन तथा स्थल व्यवस्थापनतर्फ रु पाँच लाख ७० हजार खर्च भएको तिवारीले जानकारी दिए । यस वर्ष २९ जनालाई विभिन्न पदक प्रदान गरिएको थियो । समारोहमा ५१९ विद्यार्थी दीक्षित भएका थिए ।
दीक्षान्त समारोहमा शिक्षामन्त्री एवम् विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल, नोबेल शान्ति पुरस्कार विजेता कैलाश शत्यार्थीलगायत सहभागी थिए ।
यसअघि विश्वविद्यालयको दीक्षान्त समारोह २०७४ असार १९ गते आयोजना गरिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij