Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

स्वस्थ शरीरका लागि योगको महत्त्व छ : प्रधानमन्त्री

स्वस्थ शरीरका लागि योगको महत्त्व छ : प्रधानमन्त्री

  • 395
    SHARES
  • स्वस्थ शरीरका लागि योगको महत्त्व छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

    अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज आयोजना गरेको कार्यक्रममा उनले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमता बढ्ने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गरे ।

    प्रधानमन्त्री देउवाले भने, ‘नियमित योग अभ्यासबाट अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुन्छ भन्ने कुरा अनुभवले देखाइसकेको विषय हो । विशेषतः नसर्ने रोगको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योगको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसैले हामीले ‘निरोगीताका लागि योग’ भन्ने भाव सबैमा पुर्याउन जरुरी छ ।’  

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij