Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

अख्तियारमा बडिमालिका नगरपालिकाको अनियमितताको उजुरी धेरै

अख्तियारमा बडिमालिका नगरपालिकाको अनियमितताको उजुरी धेरै

  • 551
    SHARES
  • अख्तियारमा बडिमालिका नगरपालिकाको अनियमितताको उजुरी धेरै

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाजुराका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी बडिमालिका नगरपालिकाका उजुरी परेका छन् । आर्थिक वर्ष ०७८/७९ को जेठ मसान्तसम्म बडिमालिका नगरपालिकाका १३ वटा उजुरी अख्तियारमा परेको तथ्यांक छ ।

    जसममध्ये नौवटा मुद्दा फछ्र्योट भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कन्चनपुरले जनाएको छ । यो आर्थिक वर्षको जेठ मसान्तसम्म सबैभन्दा कम उजुरी खप्तड छेडेदह गाउँपालिकाको छ ।

    सो गाउँपालिकाको एउटा मात्रै उजुरी अख्तियारमा परेको तथ्यांकमा उल्लेख छ ।

    हिमाली गाउँपालिकाका पाँच, स्वामिकार्तिक खापर गाउँपालिकाका पाँच, जगन्नाथ गाउँपालिकाका चार, बुढिनन्दा नगरपालिकाका चार तथा बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिकाका तीन/तीनवटा उजुरी परेका छन् ।

    बाजुराका नौवटै स्थानीय तहका गरि ३८ वटा उजुरी परेको र १८ को फछ्र्योट भइसकेको र २० वटा बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धन आयोगले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij