वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा एक सातायता दैनिक थपिने कोरोना संक्रमितको संख्या १२ हजार आसपास छ ।
आइतबार गरिएको परीक्षणमा १२ हजार ७८१ नयाँ संक्रमित भेटिएका थिए ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको संक्रमणकै कारण निधन भएको छ ।
संक्रमित थपिने क्रमसँगै उपचार गराइरहेका कोरोनाका बिरामीको संख्या बढ्दै गएको छ ।
हाल भारतमा ७६ हजार ७०० सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
भारतको महाराष्ट्र र केरलामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।
भारतको राजधानी नयाँ दिल्लीमा पनि एक हजार ५३० जनामा संक्रमण पुष्टि भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij