Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी 

पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी 

  • 402
    SHARES
  • पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी 

    काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) नेपालले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    सरकारले आइतबार रातिदेखि डिजेल र पेट्रोलको मूल्यवृद्धि गरेपछि संगठनले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई आन्दोलनको चेतावनी दिएको हो ।

    मूल्यवृद्धि तत्काल फिर्ता नलिए जस्तोसुकै आन्दोलन गर्न पनि राप्रविसं नेपाल तयार रहेको र यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने संगठनको भनाइ छ ।

    पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले स्वतः सबै क्षेत्रमा मूल्यवृद्धि हुने र आम जनताले यसलाई धान्न नसक्ने अवस्था आउनुअघि पेट्रोलियम पदार्थमा लगाइएको मूल्यवृद्धि फिर्ता लिन राप्रविसं नेपालले सरकारसँग माग गरेको छ ।

    देशको आर्थिक अवस्था दयनीय बन्दै गएको अवस्थामा पेट्रोलियम पदार्थमा गरिएको पटक-पटकको मूल्यवृद्धिले महँगी आकासिने थाहा हुँदाहुँदै मूल्यवृद्धि गर्नु आपत्तिजनक भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij